काठमाडौं । गत भदौं २४ गते भएको जेनजी आन्दोलनका क्रममा थानकोटस्थित प्रहरी चेकपोस्टमा भएको आगजनी घटनाका मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको थाहा नगरपालिका-९ चित्लाङ स्थायी घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका-२ बाडभन्ज्याङमा बस्दै आएका ४४ वर्षीय किरण लामालाई प्रहरीले पक्राउ गरेको हो ।
घटनापछि अनुसन्धानमा जुटेको प्रहरीले विभिन्न कोणबाट प्राविधिक विश्लेषण तथा फोटो र भिडियो फुटेजहरूको गहन अध्ययन गरेको थियो । सोही क्रममा प्राप्त प्रमाणका आधारमा लामाको पहिचान भएको र उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
लामालाई हाल महानगरीय प्रहरी वृत्त थानकोटमा राखिएको छ । प्रहरीले उनीमाथि आगजनी र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको अभियोगमा थप अनुसन्धान अगाडि बढाएको छ । यस घटनाले आन्दोलनका क्रममा हुने हिंसात्मक गतिविधि र सार्वजनिक सम्पत्तिको तोडफोडलाई लिएर सुरक्षा निकाय थप सतर्क बनेको सन्देश दिएको छ ।


प्रतिक्रिया