भोजपुर । षडानन्द नगरपालिका-४ मा आज भएको ट्याक्टर दुर्घटनामा दुईको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
चाम्लादाङबाट दिङ्लातर्फ आउँदै गरेको प्रदेश नं १-०२-००३ त १२१३ नम्बरको काठ बोकेको ट्याक्टर दुर्घटना हुँदा षडानन्द नगरपालिका-४ केराबारीका २५ वर्षे ट्याक्टर चालक आइतबहादुर तामाङ र अरुण गाउँपालिका-४ चरम्बीका १७ वर्षे नवीन तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख राजु लामाले जानकारी दिए ।
दुर्घटनामा परी घाइते हुनेमा १९ वर्षे दाछिरि शेर्पा, २३ वर्षे अम्बर तामाङ, १८ वर्षे सागर तामाङ र १८ वर्षे सुनिता तामाङ छन् । उनीहरुको दिङ्ला नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया