जेनजी आन्दोलनको भित्री रहस्य सार्वजनिक गर्छु: दुर्गा प्रसाईं

जेनजी आन्दोलनको भित्री रहस्य सार्वजनिक गर्छु: दुर्गा प्रसाईं


ग्लोब नेपाल
270
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले जेन्जी आन्दोलनको भित्री रहस्य सार्वजनिक गर्ने बताएका छन् । शनिवार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले यस्तो घोषणा गरेका हुन् ।

उनले १६ कार्तिक गते (भोली) बिहान ठिक ९:३० बजे आफ्नै निजी निवास, भक्तपुरमा पत्रकार सम्मेलन गरेर उक्त रहस्य सार्वजनिक गर्ने बताए ।

उनले लेखेका छन् ‘यस आन्दोलनको सुरुवात कहाँबाट भयो, कसरी परिचालित गरियो, र अहिलेको सरकार कसरी बनेको हो —यी सबै भित्री रहस्यहरू अब सार्वजनिक हुँदैछन् । भोलि म, यी सबै तथ्यहरू ३०० इन्चको विशाल एलइडी स्क्रिनमा भिडियो प्रमाणसहित प्रस्तुत गर्दैछु।’

उनले देशका ठुला मेनस्ट्रिम मिडियाका सम्पूर्ण पत्रकारहरूलाई यस कार्यक्रममा आउन आमन्त्रण गरेका छन् ।