मध्यरातमा बालेनकाे अश्लील शब्दसहित आपत्तिजनक स्टाटस

मध्यरातमा बालेनकाे अश्लील शब्दसहित आपत्तिजनक स्टाटस



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शनिबार मध्यराती समाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राेखे ।

पछिल्लाे समय मेयर बालेन आफ्ना विचार फेसबुकबाटै अभिव्यक्त गर्ने उनले शनिबार मध्यरातिकाे स्टाटसमा अश्लील शब्द प्रयाेग गरेर आपत्तिजनक स्टाटस लेखेका थिए ।

अश्लील शब्दसमेत मिसाएर दुई छिमेकी मुलुक चीन र भारतसहित अमेरिका र नेपालका प्रमुख राजनीतिक दलहरूको नाम उनले स्टाटसमा उल्लेख गरेका थिए ।

पोस्ट गरेको केही मिनेटमै उनीमाथि चर्को आलोचना सुरू भएपछि उनले अहिले उक्त स्टाटस सञ्जालबाट हटाइसकेका छन् ।

उनको उक्त अभिव्यक्तिलाई लिएर अहिले सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकार निर्माणमा अदृश्य शक्ति बनेर सक्रिय भएको आरोप बालेनमाथि लाग्दै आएको छ । अहिले सोही क्याबिनेटका गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन खोजेको लगायतका विषय जोडेर पनि बालेनको आलोचना भइरहेको छ ।