कांग्रेस केन्द्रीय समिति बैठक फेरि स्थगित

कांग्रेस केन्द्रीय समिति बैठक फेरि स्थगित



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित गरिएको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार अब कात्तिक १८ गते मंगलबार दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्नेछ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज धोविघाटमा राखेकाे पदाधिकारी बैठकमा महाधिवेशन कार्यतालिकाबारे सहमति जुट्न नसकेपछि केन्द्रीय समिति बैठक नै स्थगित गरिएको हो ।

महाधिवेशन कार्यतालिकाबारे शनिबार पदाधिकारी बैठकमा छलफल भए पनि सहमति जुट्न सकेको थिएन ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले ढिलोमा पुसभित्रै महाधिवेशन गर्नुपर्ने बताएका छन् भने सभापति शेरबहादुर देउवा पक्षले वैशाख अन्तिममा महाधिवेशन गर्न सकिने बताएका छन् ।