एमाले महाधिवेशन: उद्घाटन खुलामञ्चमा, बन्द सत्र भृकुटीमण्डपमा

एमाले महाधिवेशन: उद्घाटन खुलामञ्चमा, बन्द सत्र भृकुटीमण्डपमा


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनको बन्दशत्र भृकुटीमण्डपमा गर्ने टुंगो लागेको छ । महासचिव शंकर पोखरेलको सचिवालय अनुसार उद्घाटन सकेसम्म खुलामञ्चमा गर्ने तयारी गरेको हो ।

एमालेले २०७१ असार २५ देखि २७ गतेसम्म आयोजना गरेको नवौँ महाधिवेशन पनि त्यहीँ सम्पन्न भएको थियो । उक्त महाधिवेशनबाटै केपी शर्मा ओली पहिलो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका थिए ।

११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा आयोजना गर्ने पूर्व निर्णय सच्याउँदै शनिवार सम्पन्न सचिवालयको ५९ औँ बैठकले सोही मितिमा काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको थियो ।

काठमाडौँमा पार्टीको भव्य उपस्थिति देखाउन महाधिवेशन स्थल भृकुटीमण्डप रोजिएको पोखरेलको सचिवालयले जनाएको छ ।