काठमाडौं । एकताको सहमतिपछि नेकपा माओवादीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ ।
प्रचण्ड वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई साथ लिएर पार्टी कार्यालय आलोकनगर पुगेका हुन् ।
माओवादी र नेकपा एससहित ८ पार्टीबीच एकता सहमति भइसकेको छ । नयाँ पार्टीको चुनाव चिह्न भने ‘पाँचकुने तारा’ राख्ने सहमति भइसकेको छ । यद्यपि, नामबारे अझै निष्कर्षमा पुगेका छैन ।
पार्टी एकताको निर्णयसँग एकीकृत समाजवादी विभाजित भइसकेको छ, भने नेकपा माओवादी पनि फुटको संघारमा छ ।
भेटमा एकता सभादेखि आगामी रणनीतिबारे छलफल भएको जनाइएको छ । एकीकृत पार्टीको संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपाल बन्ने सहमति छ ।


प्रतिक्रिया