सुदन गुरुङले गरे मौनता तोड्ने घोषणा, कमेन्टमा लेखियो– ‘भुक्ने कुकुरले टोक्दैन’

सुदन गुरुङले गरे मौनता तोड्ने घोषणा, कमेन्टमा लेखियो– ‘भुक्ने कुकुरले टोक्दैन’


ग्लोब नेपाल
162
Shares

काठमाडौं । ‘हामी नेपाल’ संस्थाका संयोजक तथा ‘जेनजी आन्दोलन’का नेतृत्वकर्ता सुदन गुरुङले चार दिनपछि आफ्नो मौनता तोड्ने घोषणा गरेका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ‘फोर डेज विफोर आइ ब्रेक माइ साइलेन्स’ भन्दै यो जानकारी दिएका हुन् ।

उनले कुन विषयमा बोल्न लागेका हुन् वा उनको मौनता तोड्नुको पछाडि के उद्देश्य छ भन्नेबारे भने केही खुलाएका छैनन् । युवा पुस्तामाझ उनको प्रभाव र जेनजी आन्दोलनले उठाएका विषयहरूका कारण उनको आगामी कदमलाई चासोका साथ हेरिएको छ ।

यो समाचार तयार पर्दासम्म सामाजिक सञ्जालमा राखिएको उनको स्टाटसमा ३ हजार ४ सयले प्रतिक्रिया दिइसकेका छन् भने ६ सय ८१ ले कमेन्ट गरेका छन् । उक्त पोस्ट १९ जनाले सेयर गरेका छन् । पछिल्लो कमेन्टमा लेखिएको छ– ‘भुक्ने कुकुरले टोक्दैन ।’