निकोसल भुसाल गोरखाबाट पक्राउ

निकोसल भुसाल गोरखाबाट पक्राउ



काठमाडौं । डा. निकोसल भुसाल (कमल भुसाल)लाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो भुसाललाई गोरखाको गोरखा नगरपालिका–८, रानीवनस्थित सरस्वती आश्रमबाट पक्राउ गरिएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा प्रहरीसितको सहकार्यमा उनलाई पक्राउ गरेको जनाइएको छ ।

सामाजिक सञ्जालमार्फत अमर्यादित र अभद्र अभिव्यक्ति दिएको आरोपमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले जानकारी दिए ।