फुट्यो प्रचण्डको माओवादी पार्टी

फुट्यो प्रचण्डको माओवादी पार्टी

जनार्दन शर्माले घोषणा गरे नयाँ अभियान


ग्लोब नेपाल
135
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको आन्तरिक विवाद गहिरिएसँगै पार्टी विभाजित भएको छ । नेकपा एकीकृत समाजवादीसँग एकताको निर्णयमा पुगेको माओवादी केन्द्रका नेता जनार्दन शर्मा लगायत अन्य थुप्रै नेता र कार्यकर्ता पार्टी परित्याग गर्दै नयाँ राजनीतिक अभियान सुरु गरेका छन् ।

पार्टीका पूर्वउपमहासचिव जनार्दन शर्मा, पूर्वसचिव राम कार्की, र पूर्वस्थायी समिति सदस्य अञ्जना विशुंखे लगायतका नेताहरूले माओवादी केन्द्रको नेतृत्वसँगका भिन्नताका कारण पार्टी छोड्ने निर्णय गरेका छन् । उनीहरूले मंगलवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नयाँ राजनीतिक अभियानको घोषणा गरेका छन् ।

जनार्दन शर्माले उक्त कार्यक्रममा प्रगतिशील अभियान, नेपाल नामक नयाँ अभियानको उद्घाटन गरे । शर्माका अनुसार, माओवादी केन्द्रको नेतृत्वसँगको संघर्ष र पार्टीको वर्तमान गतिविधिमा आफूहरू असन्तुष्ट थिए र दशवर्षे संघर्षको आधार र पछिल्लो जेनजी आन्दोलनको माग विपरीत पार्टी अगाडि बढिरहेको थियो ।

शर्माले यस अभियानको उद्देश्य विखण्डित वाम र प्रगतिशील शक्तिहरूलाई एकीकृत समाजवादी आन्दोलनको दिशामा एकजुट गर्नु रहेको बताए ।

उनले पार्टीमा भएका पुराना कमजोरीहरूको स्वीकारोक्ति गर्दै विगतका गलत आचरणमा साथ दिएको आत्मालोचना गरेको बताए ।