हुम्ला । जिल्ला प्रहरी कार्यालय हुम्लाले ठूलो परिमाण अवैध चिनियाँ मदिरा झिनीगिन्टी बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शङ्कर पोखरेलको नेतृत्वमा खटिएको टोलीले विभिन्न स्थानहरूबाट ३५१ काटुन अवैध चिनियाँ मदिरा झिनिगिन्टी बरामद गरेको हो । ४ हजार २१२ बोतल अवैध चिनियाँ मदिरा झिनिगिन्टी विभिन्न स्थानहरूबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शङ्कर पोखरेलले जानकारी दिएका छन् ।
हिल्सा नाकादेखि नाम्खा गाउँपालिकाको ढाडकेर्मी, तुम्कोट लगायतका स्थानबाट अवैध चिनियाँ मदिरा बरामद गरेको उनले बताए । प्रतिबोतल ४ सयका दरले १६ लाख ८४ हजार ८०० बराबर मूल्यको चिनियाँ मदिरा मङ्गलवार राती १२ बजे बरामद गरेको डिएसपी पोखरेलको भनाई छ ।
बेवारिसे रूपमा भेटिएका २. हजार २२ लिटर अवैध अखाद्य चिनियाँ मदिरा बरामद गरेको बताए । यसलाई सङ्कलन गरी छिटै नष्ट गर्ने डिएसपी पोखरेलको भनाई छ ।


प्रतिक्रिया