अमेरिकामा कार्गो विमान दुर्घटना: ७ जनाको मृत्यु, ११ जना घाइते

अमेरिकामा कार्गो विमान दुर्घटना: ७ जनाको मृत्यु, ११ जना घाइते



अमेरिकाको केन्टकी राज्यको लुइसभिल अन्तर्राष्ट्रिय विमानस्थलमा मालवाहक विमान उड्ने क्रममा धावनमार्गमै दुर्घटनाग्रस्त हुँदा ७ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । केन्टुकीबाट हवाईतर्फ उड्न लागेको कार्गो विमान दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनापछि विमानमा रहेको करिब ३८ हजार ग्यालेन इन्धन विस्फोट हुँदा आगो फैलिएको थियो । सोही कारण विमानमा रहेका ३ जना र बाहिर रहेका अरुलाई पनि आगोको लप्काले लपेटेको थियो । विमानबाहिर रहेका ४ जनाको मृत्यु भएको हो ।

११ जना आगोबाट पोलिएको अवस्थामा रहेकोले मृतक संख्या बढेन सक्ने एनबीसी न्युजले जनाएको छ ।