प्रचण्ड-माधवकाे पार्टी एकता सभामा झलनाथ खनाल पनि सामेल

प्रचण्ड-माधवकाे पार्टी एकता सभामा झलनाथ खनाल पनि सामेल



काठमाडौं । नेकपा एसका सम्मानित नेता झलनाथ खनाल अन्तत: प्रचण्ड-माधव कित्तामा सामेल भएका छन् । भृकुटीमण्डपमा जारी नेकपा माओवादीलगायत ९ दलको एकता सभामा खनाल केही बेरअघि पुगेका हुन् ।

माओवादीसँग एकता गर्ने निर्णयमा असहमति जनाउँदै खनालले आफ्नै नेतृत्वमा पार्टी पुनर्गठन गर्ने घोषणा गरेका थिए ।

एकता सभा हुनुअघि प्रचण्ड र माधव नेपालसँग खनाल वार्तामा बसेका थिए । महासचिव घनश्याम भुसाल भने बिहानको वार्तामा सहभागी भएपनि एकता प्रक्रियामा आउन राजी भएनन् ।

खनालले हिजो साँझ गुण्डु पुगेर एमाले अध्यक्ष केपी ओलीलाई पनि भेटेका थिए ।