नवगठित नेपाली कम्युनिस्ट पार्टीले गर्‍यो २३ बुँदे घोषणापत्र सार्वजनिक

नवगठित नेपाली कम्युनिस्ट पार्टीले गर्‍यो २३ बुँदे घोषणापत्र सार्वजनिक



काठमाडौं । दश पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ । भृकुटीमण्डपमा आयोजित एकता सभामा नवगठित पार्टीको २३ बुँदे घोषणापत्र नेता देव गुरुङले सार्वजनिक गरेका हुन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका साना दल वाम घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा सभा अहिले जारी छ ।

नेता गुरुङले पार्टीको विस्तृत घोषणापत्र भने अब कार्यदलले बनाउने उल्लेख गर्दै अहिले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा बुझाउन तयार गरिएको प्रस्तावका रूपमा रहेकाे बताए ।

संक्षिप्त घोषणापत्रमा २३ बुँदे प्रतिबद्धता समेटिएका छन् । जसमा समाजवादी क्रान्ति र कार्यक्रमप्रति प्रतिबद्ध, नेपालको संविधानको रक्षासहित सङ्घीयताको सवलीकरणका लागि परिमार्जन गरिने, भ्रष्टाचार नियन्त्रण र सुशासन, सम्पत्ति जाँचबुझ आयोग गठन र भ्रष्टाचारीलाई कारबाही गर्न कदम चाल्ने, स्वास्थ्य शिक्षाजस्ता आधारभूत सेवाको ग्यारेन्टी गरिने घोषणापत्रमा समावेश छ ।

त्यस्तै बहिष्करण र वञ्चितिकरणमा परेकाहरूको अधिकार सुनिश्चित गर्न लागि पर्ने, आत्मनिर्भर अर्थतन्त्र निर्माण र गरिबी नियन्त्रणको प्रयास गर्नेलगायत रहेका छन् ।