काठमाडौं । फरक-फरक क्षेत्रमा आवद्ध एवं राजनीतिमा क्रियाशीलहरू जोडिएर नयाँ दल गठनको तयारी गरिएको विवेकशील नेपाली पार्टीकी संस्थापक रञ्जु दर्शनाले खुलासा गरेकी छन् । समाजमा प्रतिष्ठा कायम गरेका व्यक्तिहरुलाई जोडेर नयाँ दल गठन गर्ने छलफल भइरहेको दर्शनाले खुलासा गरेकी हुन ।
ऊर्जामन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, रास्वपाको पूर्व नेता सुमना श्रेष्ठसहित मिलेर नयाँ दल गठन गर्ने तयारी भएको उनले बताइन् ।
केन्द्रीय कमिटीको आकार र को-को रहने विषय छलफलकै क्रममा रहेको उनले बताइन् । दर्शनाका अनुसार, २१ वा ३१ जनाको केन्द्रीय समिति बनाउने प्रस्तावहरू आएका छन् । उनले भनिन्, ‘पार्टीका नाम यकिन भएको छैन । हामी छलफल गर्दैछौं ।’


प्रतिक्रिया