धादिङको गजुरीमा रहेको प्लास्टिक उद्योगमा आगलागी

धादिङको गजुरीमा रहेको प्लास्टिक उद्योगमा आगलागी


ग्लोब नेपाल
81
Shares

धादिङ । धादिङको गजुरीमा रहेको प्लास्टिक उद्योगमा आगलागी भएको छ । गजुरी गाउँपालिकाको गलौदी खोलामा रहेको अनिशा प्लास्टिक उद्योग तथा कवाडी संकलन केन्द्रमा राति २ बजे देखि लागेको आगो बिहान नियन्त्रणमा आएको धादिङ समाचारदाताले जनाएका छन् ।

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आइसकेको छैन । आगो कसरी लाग्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।