बालेनविरुद्ध युवा संघले दियो साइबर ब्युरोमा उजुरी

बालेनविरुद्ध युवा संघले दियो साइबर ब्युरोमा उजुरी



काठमाडौं । नेकपा (एमाले) निकट युवा संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन)विरुद्ध उजुरी दिएको छ । युवा संघका उपाध्यक्ष महाराज गुरुङले बिहीबार साइबर ब्युरोमा जाहेरी दिएका हुन् ।

मेयर शाहले यही १६ कात्तिक मध्यराति आपत्तिजनक शब्दसहित एक स्टाटस लेखेका थिए । उनले उक्त स्टाटस केहीबेरमै पेजबाट हटाएका थिए । साे स्टाटसविरुद्ध युवा संघले जाहेरी दिएको हो ।

जाहेरीमा लोकतान्त्रिक आन्दोलनमा भूमिका खेलेका दलहरूलाई सार्वजनिक रूपमा गाली गरेको, सार्वजनिक पदमा बसेको व्यक्तिले विदेशीलाई गाली गरेको, शान्ति खलल गरेको, सामाजिक भाइचारा बिगारेको लगायतका आरोपसहित तत्काल पक्राउ गरी राहदानीसमेत रोक्का गर्न माग गरिएको छ ।