रामकुमारी झाँक्री र किसान श्रेष्ठलगायतका नेताहरु ओली निवास गुण्डुमा

रामकुमारी झाँक्री र किसान श्रेष्ठलगायतका नेताहरु ओली निवास गुण्डुमा



काठमाडौं । नेकपा (एस)बाट विद्रोह गरेका रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायत एमाले फर्किने निश्चित भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसँग भेटघाट पछि एमाले फर्किने निश्चित भएको हो ।

एमाले नेता महेश बस्नेतले झाँक्रीसहित ५० जनाभन्दा बढी केन्द्रीय सदस्य एमालेमा फर्किने तय भएको दाबी गरे । मंसिर २४ गते दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेर फर्किन लागेको बताए ।

उनीहरु राति १० बजे गुण्डु गएर विहान २ बजे फर्किएका थिए ।

उक्त भेटमा अध्यक्ष ओलीले एकीकृत समाजवादीका नेताहरूलाई एमालेमा फर्कन आग्रह गरेका थिए । भेटवार्तामा अध्यक्ष ओलीले भनेका कुराबारे जानकारी दिँदै नेता किसान श्रेष्ठले भने, ‘तपाईंहरूको इज्जत र मानसम्मान पार्टीभित्र हुन्छ, तपाईंहरू घर फर्कनुस् ।’

अध्यक्ष ओलीले यसो भनेपछि स्थायी कमिटी सदस्य रामकुमारी झाक्रीसहित नेताहरूले एमाले फर्कन तयार रहेको कुरा बताएका थिए । त्यसपछि अध्यक्ष ओलीले कात्तिक २४ गतेको समय दिए ।

‘घर फर्कने अभियान चलेको छ, कात्तिक २४ गते कार्यक्रम आयोजना हुनेछ, हामी बढीभन्दा बढी मानिससहित एमालेमा फर्कदैछौं,’ नेता श्रेष्ठले भने ।

आज गुण्डुस्थित ओली निवासमा स्थायी कमिटी सदस्य झाक्री, निवर्तमान सांसद श्रेष्ठ, पोलिट्ब्युरो सदस्य पिताम्बर भण्डारी, केन्द्रीय सदस्य नवराज पौडेल, अर्जुन राईसहित नेताहरू पुगेका थिए ।