काठमाडौं । हिजो बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव २९ अंकले घटेर २ हजार ५ सय ९६ दशमलव १२ विन्दुमा झरेको छ ।
आज उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको घटेकोमा निर्जीवन बीमा समूहको शेयर १०८ अंकले ओरालो लागेको छ । आज १६५ वटा कम्पनीकाे शेयर घटेकाेमा ७८ वटाकाे बढेकाे छ । यस्तै ९ वटा कम्पनीकाे शेयर घटबढ भएकाे छैन ।
आज सम्पदा लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन दरमखोला हाइड्रो इनर्जी र माबिलुङ इनर्जी कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ३ सय २० वटा कम्पनीका १ करोड ८ लाख कित्ता शेयर ५ अर्ब ४१ करोड रुपैयाँमा किनबेच भएको छ ।


प्रतिक्रिया