काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षका नेता एनपी साउदले निर्वाचन सापेक्ष हुने गरी महाधिवेशनमा सहमति जनाउन आग्रह गरेका छन् ।
निर्वाचनअघि महाधिवेशनमा जाने कि निर्वाचनपछि जाने भनेर बस्दा पार्टीको राष्ट्रिय जिम्मेवारी बहन हुन नसक्ने उनको भनाइ छ । उनले निर्वाचन हुँदा के गर्ने, निर्वाचन नहुँदा के गर्ने भनेर समझदारीमा निर्णय गर्नुपर्ने बताए ।
बिहीबार केन्द्रीय समितिको बैठकमा साउदले भने, “निर्वाचनभन्दा अगाडि वा पछाडि महाधिवेशन गर्नुपर्ने भन्दा पनि फागुनमा निर्वाचन हुने सुनिश्चित भयो भने वैशाख र वैशाखमा निर्वाचन हुने भयो भने फागुनमै महाधिवेशन गर्न उपयुक्त हुन्छ ।”
उनले देश तरल अवस्थामा रहेको पनि बताए । उनले छिमेकी र मित्र राष्ट्रसँग कांग्रेसले समन्वय नगरे देश नै अन्तर्राष्ट्रिय शक्ति केन्द्रको संघर्षको चंगुलमा फस्ने बताए ।


प्रतिक्रिया