मेलम्ची बासीले बन्द गरिदिए काठमाडौं ल्याइएको खानेपानी

मेलम्ची बासीले बन्द गरिदिए काठमाडौं ल्याइएको खानेपानी


ग्लोब नेपाल
216
Shares

सिन्धुपाल्चोक । मेलम्चीका स्थानीयले काठमाडौं ल्याइँदै गरिएको पानीको मुहान बन्द गरिरिएका छन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१, अम्बाथानस्थित सुरुङबाट बिहीबारदेखि पानी बन्द गरिएको हो ।

मेलम्ची खानेपानी संघर्ष समितिको अगुवाइमा खानेपानी आयोजनाको साइट कार्यालयमा समेत ताला लगाइएको छ । मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिका उपाध्यक्ष नवराज गुरागाईंले यसअघि पटपपटक भएका सहमति कार्यान्वयन नभएका कारण बाध्य भएर पानी रोक्नुपरेको तर्क गरे ।

प्रभावित क्षेत्रका बासिन्दाले नदी नियन्त्रणका लागि तटबन्ध निर्माण, जोखिमपूर्ण बस्ती संरक्षण, ऋण मिनाहा, बाढीमा मृत्यु भएका परिवारलाई १० लाख क्षतिपूर्ति, स्थानीय सरकारमार्फत खानेपानीको लेवी तिर्नुपर्ने, घर निर्माणका लागि २० लाख अनुदान दिनुपर्नेजस्ता माग अघि सारेका छन् ।