अन्तरिम सरकारले ल्याएकाे पहिलो विधेयक राष्ट्रिय सभामा दर्ता

अन्तरिम सरकारले ल्याएकाे पहिलो विधेयक राष्ट्रिय सभामा दर्ता



काठमाडौं । सुशीला कार्की नेतृत्वकाे अन्तरिम सरकारले पहिलो विधेयक ल्याएकाे छ । वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ राष्ट्रिय सभामा दर्ता भएको हो ।

यो विधेयक अर्थ मन्त्रालय अन्तर्गत अर्थमन्त्री रामेश्वरप्रसाद खनालले प्रस्तुत गरेका हुन् ।

प्रतिनिधिसभा विघटन हुनु अगाडि यो विधेयक छलफलमा थियो । प्रतिनिधिसभा विघटन भएसँगै निष्क्रिय भएको थियो ।

सरकारले आवश्यक परिमार्जनसहित यो विधेयक ल्याएको हो ।