काठमाडौं । पितृशोकमा रहेका नेपाली कांग्रेसका नेता रामहरि खतिवडाको परिवारमा न्यायाधीश सपना मल्ल प्रधानले शनिबार समवेदना व्यक्त गरेकी छन् । पितृकर्म भइरहेको भण्डारेश्वर मन्दिरमा पुगेर न्यायाधीश प्रधानले शोक सन्तप्त खतिवडा परिवारमा समवेदना व्यक्त गरेकी हुन् ।
त्यसअघि प्रधानन्यायाधीश प्रकाशबहादुर राउत, पूर्वप्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ र हरिकृष्ण कार्की भण्डारेश्वर मन्दिर पुगेर शोक व्यक्त गर्नुका साथै नेता खतिवडाका परिवारमा समवेदना व्यक्त गरेका थिए ।
खतिवडा परिवारमा समवेदना व्यक्त गर्न नेपाली कांग्रेस र एमालेका नेता तथा कार्यकर्ता भण्डारेश्वर पुगेर शोक व्यक्त गर्नुका साथै समवेदना व्यक्त गर्ने क्रम सातौं दिन पनि जारी रहेको छ । कांग्रेस उपसभापति धनराज गुरुङ, पूर्वमहामन्त्री डा. शशांक कोइराला, प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य चन्द्र भण्डारी, एनपी साउद, दिपक खड्का लगायतका नेताहरुले भण्डारेश्वर पुगेर शोक पुस्तिकामा हस्ताक्षर गर्नुका साथै समवेदना व्यक्त गरिसकेका छन् ।
यसैगरी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, पूर्वअर्थमन्त्री युवराज खतिवडालगायतका नेताहरुले भण्डारेश्वर पुगेर समवेदना व्यक्त गरिसकेका छन् ।
७८ वर्षीय जीवनाथ खतिवडाको काठमाडौं डिल्लीबजारस्थित निवासमा गत आइतबार निधन भएको थियो । उनको पार्थिव शरीर सोमबार पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको थियो । स्वर्गीय खतिवडाका पत्नी, एक छोरी र छोराहरू रामहरि खतिवडा, सुन्दर खतिवडा, भीम खतिवडा, हुतराज खतिवडा र प्रकाश खतिवडा रहेका छन् ।
भण्डारेश्वर पुगेर समवेदना व्यक्त गर्ने नेता तथा कार्यकर्ताको तस्बिरहरु











प्रतिक्रिया