काठमाडौं । विगत ४८ दिनदेखि चरणबद्ध आन्दोलनामा रहेका नेपाल धितोपत्र बोर्डका कर्मचारी र अर्थ मन्त्रालयबीच सहमति भएको छ ।
आइतबार मन्त्रालयमा बसेको बैठकले कात्तिक मसान्तभित्र कर्मचारीहरूको माग पूरा गर्ने सहमति भएसँगै आन्दोलनका कार्यक्रम फिर्ता लिएको नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनका अध्यक्ष अजय ढुंगानाले जानकारी दिए ।
उनले भने, ‘हामीले राखेको माग कात्तिक मसान्तसम्म पूरा गर्ने सहमति भएसँगै काममा फर्किन तयार भएका हौँ । तथापि, सबै आन्दोलनका कार्यक्रम फिर्ता हुँदैनन् । ८–१० दिनको समयसम्म ‘पेन डाउन’ कार्यक्रम फिर्ता लिने तर बोर्डमा चलिरहेको निरन्तरको धर्ना कार्यक्रम भने जारी राखिनेछ ।’
कर्मचारीको सेवा सुविधा र बोर्डको स्वायतताको मुद्दालाई लिएर आन्दोलित भएका कर्मचारीहरूले यी माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । आइतबार मन्त्रालयसँग कात्तिक मसान्तसम्ममा समस्याको समाधान गरिसक्ने सहमति भएको र यसलाई लिखित रूपमै गर्न लागिएको अध्यक्ष ढुंगानाले जानकारी दिए ।


प्रतिक्रिया