काठमाडौं । सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का भण्डारेश्वर पुगेर स्वर्गीय जीवनाथ खतिवडाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । स्वर्गीय जीवनाथ नेपाल कांग्रेसका नेता रामहरि खतिवडाका पिता हुन् । शोकाकूल खतिवडा परिवारले भण्डारेश्वरमा पितृकर्म गरिरहेका छन् । सभामुख घिमिरे र कार्यवाहक सभापति खड्काले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदनासमेत व्यक्त गरे ।
यसैगरी उपसभामुख इन्दिरा रानाले पनि स्वर्गीय खतिवडाको आठौं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेकी छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु अम्बिका बस्नेत, श्याम घिमिरे र सरिता प्रसाईं पनि स्वर्गीय खतिवडाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्न भण्डारेश्वर पुगेका थिए ।
७८ वर्षीय जीवनाथ खतिवडाको काठमाडौं डिल्लीबजारस्थित निवासमा गत आइतबार निधन भएको थियो । उनको पार्थिव शरीर सोमबार पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको थियो । स्वर्गीय खतिवडाका पत्नी, एक छोरी र छोराहरू रामहरि खतिवडा, सुन्दर खतिवडा, भीम खतिवडा, हुतराज खतिवडा र प्रकाश खतिवडा रहेका छन् ।




प्रतिक्रिया