३० अंकले घट्याे शेयर बजार

३० अंकले घट्याे शेयर बजार



काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ०२ अंकले घटेर २ हजार ५ सय ६६ दशमलव ०९ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर २ दशमलव ९१ प्रतिशतले ओरालो लागेको छ । आज २ सय २२ वटा कम्पनीकाे शेयर घटेकाेमा २९ वटाकाे बढेकाे छ । यस्तै साेल्टी हाेटलकाे शेयर घटबढ भएकाे छैन ।

आज उन्नति सहकार्य लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । बजार उच्च अंकले ओरालो लागेको दिन दरमखोला हाइड्रो इनर्जी, माबिलुङ इनर्जी, सागर डिस्टिलरी कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गएको बिहीवार ५ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ३ सय २३ वटा कम्पनीका १ करोड ६ लाख कित्ता शेयर ४ अर्ब ९० करोड रुपैयाँमा किनबेच भएको छ ।