काठमाडौं । सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेको विरोधमा मधेस प्रदेशका सात राजनीतिक दल अदालत जाने भएको छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी बैठक बसेर यादवलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरिएको विरोधमा अदालत जाने निर्णय गरेका हुन् ।
संविधानको धारा १६८ (२) अनुसार सरकार बन्ने र तदनुरूप समर्थनसमेत जुटिसकेको अवस्थामा प्रदेश प्रमुखले एमाले दलको नेतालाई होटलमा मुख्यमन्त्री नियुक्त गर्दै शपथ गराएको भन्दै सात दल आन्दोलित भएका हुन् ।
सात दलले सोमबार मुख्यमन्त्री, प्रदेश प्रमुखको कार्यालय तोडफोड गरेका थिए । उनीहरूले मुख्यमन्त्रीको कार्यकक्षमा ताल्चा लगाएका छन् ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार अघिल्लो दिनको मिति राखेर सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । उनले बर्दिबासको होटलमै मुख्यमन्त्रीलाई शपथ गराएकी थिइन् ।


प्रतिक्रिया