काठमाडौं । आज शेयर बजार सामान्य घटेको छ । हिजो ३० अंकभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज ४.१५ अंकले घटेर २५६१.६१ विन्दुमा झरेको छ । समग्रमा नेप्से घटे पनि होटल तथा पर्यटन समूहमा भने एक सय एक अंकभन्दा धेरैले बढेको छ ।
आज उन्नती सहकार्य लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ । समग्रमा बजार घटे पनि दरमखोला हाइड्रो, सागर डिस्टिलरी र बुङ्गल हाइड्रोको शेयरमा सकरात्मक सर्किट लागेको छ ।
यी तीनवटै कम्पनीको शेयर आईपीओमार्फत हालैमात्र बजारमा कारोबार शुरु भएको हो । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।
हिजो चार अर्ब ९० करोड रुपैयाँको कारोबार भएकोमा आज तीन सय २७ वटा कम्पनीका ८६ लाख ४७ हजार कित्ता शेयर चार अर्ब ५१ करोड ४४ लाख रुपैयाँमा किनबेच भएको छ ।


प्रतिक्रिया