काठमाडौं । सञ्चारमन्त्री जगदीश खरेलले सोमबार स्वर्गीय जीवनाथ खतिवडाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । स्वर्गीय जीवनाथ नेपाल कांग्रेसका नेता रामहरि खतिवडाका पिता हुन् । शोकाकूल खतिवडा परिवारले भण्डारेश्वरमा पितृकर्म गरिरहेका छन् । मन्त्री खरेलले स्वर्गीय खतिवडाप्रति ९ औं दिनमा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदनासमेत व्यक्त गर्नुका साथै शोक पुस्तिकामा हस्ताक्षर गरेका हुन् ।
यसैगरी नेपाली कांग्रेस पार्टीका मुख्यसचिव तथा सांसद कृष्णप्रसाद पौडेलले पनि स्वर्गीय खरेलप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
७८ वर्षीय जीवनाथ खतिवडाको काठमाडौं डिल्लीबजारस्थित निवासमा गत आइतबार निधन भएको थियो । उनको पार्थिव शरीर सोमबार पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको थियो । स्वर्गीय खतिवडाका पत्नी, एक छोरी र छोराहरू रामहरि खतिवडा, सुन्दर खतिवडा, भीम खतिवडा, हुतराज खतिवडा र प्रकाश खतिवडा रहेका छन् ।



प्रतिक्रिया