एकैदिन तोलामा ४ हजार ९ सयले बढ्यो सुनको मूल्य

एकैदिन तोलामा ४ हजार ९ सयले बढ्यो सुनको मूल्य


ग्लोब नेपाल
108
Shares

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा भारी वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ४ हजार ९ सय रुपैयाँले बढेर २ लाख ४६ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सोमबार सुन तोलाको २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन सोमबार तोलाको ३ हजार ६५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर ३ हजार १७० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ११ हजार २५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ७१८ रुपैयाँमा कारोबार भईरहेको छ ।