कैलालीमा धान उत्पादन घट्यो

कैलालीमा धान उत्पादन घट्यो



अत्तरिया । कैलालीमा यस वर्ष बर्खे धानको उत्पादन घटेको छ । गत वर्षको तुलनामा यस वर्ष बर्खे धानको उत्पादन पाँच दशमलव २६ प्रतिशतले घटेको हो ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रका सूचना अधिकारी दुर्गाप्रसाद ओझाका अनुसार गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा १७ हजार १३५ ‘मेट्रिकटन’ले कमी आएको छ ।

यस वर्ष ६८ हजार ५४१ ‘हेक्टर’ क्षेत्रफलमा बर्खे धानखेती गरिएकामा तीन लाख आठ हजार ४३४ मेट्रिकटन धान उत्पादन भएको उनले जानकारी दिए ।

उनका अनुसार गत वर्ष सोही क्षेत्रफलमा धानखेती गरिएकामा तीन लाख २५ हजार ५६९ मेट्रिकटन धान उत्पादन भएको थियो ।

गत वर्षको तुलनामा यस वर्र्ष धानको उत्पादकत्व पनि घटेको छ । गत वर्ष धानको उत्पादकत्व चार दशमलव ७५ मेट्रिकटन प्रतिहेक्टर रहेकामा यस वर्ष चार दशमलव पाँच मेट्रिकटन प्रतिहेक्टर रहेको उनले जानकारी दिए ।