राष्ट्रपति पौडेलद्वारा खतिवडा परिवारमा समवेदना

राष्ट्रपति पौडेलद्वारा खतिवडा परिवारमा समवेदना


ग्लोब नेपाल
4.2k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वर्गीय जीवनाथ खतिवडाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् । स्वर्गीय जीवनाथ नेपाली कांग्रेसका नेता रामहरि खतिवडाका पिता हुन् । राष्ट्रपति पौडेलले मंगलबार नेता खतिवडालाई टेलिफोनमार्फत् समवेदना व्यक्त गरेका हुन् ।

७८ वर्षीय जीवनाथ खतिवडाको काठमाडौं डिल्लीबजारस्थित निवासमा कार्तिक १६ गते निधन भएको थियो । उनको पार्थिव शरीर कार्तिक १७ गते पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको थियो । स्वर्गीय खतिवडाका पत्नी, एक छोरी र छोराहरू रामहरि खतिवडा, सुन्दर खतिवडा, भीम खतिवडा, हुतराज खतिवडा र प्रकाश खतिवडा रहेका छन् ।