काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गोप्य भेटघाट गरेको खुलेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले महामन्त्री थापाले अध्यक्ष ओलीसँग गोप्य भेटघाट गरेको खुलासा गरेका हुन् ।
संसद् पुनर्स्थापनाबारे पार्टीले चलाएको हस्ताक्षर अभियानबारे डा. रिजालले भने, ‘खुल्ला गएर ओलीजीसँग संवाद गरे भयो नि। किन हामी थाहा नपाउने गरी कुरा गर्न जानुपर्ने हुन्छ र ? भेट्न जानुपर्ने हुन्छ र ? नेपाली काँग्रेसका नेताहरू र एमालेका नेताहरू हिजोसम्म हामीले चलाएको थियौँ सरकार। उहाँलाई यहाँ बोलाऊँ, कुरा गरौँ। उहाँको अफिसमा जाऔँ, कुरा गरौँ, टुंगो गरौँ।’
पार्टी विभाजन हुनसक्छ: शेखर
नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र महाधिवेशनको विषयलाई लिएर उत्पन्न विवादले विभाजनसम्मको अवस्था ल्याउन सक्ने चेतावनी दिएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नियमित वा विशेष महाधिवेशनबारे पार्टी केन्द्रीय समिति बैठकले निर्णय गर्न नसके पार्टी विभाजनको अवस्था आउन सक्ने चेतावनी दिएका हुन् ।
उनले पार्टीभित्र विशेष महाधिवेशनको माग गर्दै ५५ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षर भइसकेको बताउँदै नेता कोइरालाले उक्त हस्ताक्षर प्रमाणीकरणको प्रक्रिया सुरु हुने दिनदेखि नै काँग्रेस विभाजनको सम्भावना रहेको समेत बताए ।


प्रतिक्रिया