मधेसका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा कारण देखाउ आदेश

मधेसका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा कारण देखाउ आदेश



काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

मधेस प्रदेशका ७४ जना सांसदहरूले दायर गरेको रिटमा न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले कारण देखाउ आदेश जारी गर्दै संयुक्त इजलासमा पठाउने आदेश गरेको छ । संयुक्त इजलास आगामी आइतबारका लागि तोकिएको छ ।

नेकपा एमाले बाहेकका ७४ सांसद यादवलाई मुख्यमन्त्री बनाउने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्च अदालत पुगेका थिए ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकार असंवैधानिक भएको भन्दै सांसदहरूले रिट दिएका हुन् । यही विवादमा मंगलबार अन्तरिम आदेशसमेत जारी भएको थियो । सर्वोच्चले मुख्यमन्त्री नियुक्त भएका सरोजकुमार यादवलाई दीर्घकालीन निर्णय नगर्न पनि भनेको छ ।