कतारमा रहेको नेपाली दूतावासको आग्रह– ‘ठूलो स्वरमा कुराकानी नगर्नु’

कतारमा रहेको नेपाली दूतावासको आग्रह– ‘ठूलो स्वरमा कुराकानी नगर्नु’



काठमाडौं । कतारमा रहेको नेपाली दूतावासले सेवा लिन आउने नेपालीलाई भीडभाड र हो–हल्ला नगर्न आग्रह गरेको छ ।

दूतावासले आज सूचना निकालेर दूतावास वरपर रहेका भवनका बासिन्दाले बारम्बार गुनासो गरेका भन्दै अनावश्यक भीडभाड गर्ने, ठूलो स्वरमा कुराकानी तथा हो–हल्ला गर्ने काम नगर्न भनेको हो ।

राजदूतावासको कार्यालय परिसरबाहिर बिहान ५ बजेदेखि नै सेवाग्राहीहरू भेला भइदिने, खुला ठाउँमा लामो समयसम्म गाडी पार्किङ गर्ने, ठूलो स्वरमा कुराकानी तथा हो–हल्ला गर्ने कामले राजदूतावासको छिमेकमा रहेका बासिन्दाहरूलाई असहजता परेको भनी बारम्बार गुनासो आइरहेको दूतावासले सूचनामा उल्लेख गरेको छ ।

दूतावासले सेवा लिन आउनेलाई बिहानको ८ बजेमात्र आइपुग्न भनेको छ ।