प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीकाे भेटवार्ता

प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीकाे भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीहरूले भेटवार्ता गरेका छन् । प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त डा. जानकीकुमारी तुलाधर, सगुन शमशेर जबराले आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य चुनावबारे आज छलफल गरेकी हुन् ।

भेटवार्तामा निर्वाचन अयोगको तयारी, राजनीतिक दलहरूसँगको छलफल, दल दर्ता, मतदाता नामावली दर्तालगायतका विषयहरूमा प्रधानमन्त्री कार्कीले चासो राखेकी छन् ।

यसअघि पनि मतदाता नामावली सङ्कलनमा समस्या आइरहेको गुनासो आएसँगै प्रधानमन्त्री कार्कीले एक भिडियो सन्देश जारी गर्दै मतदाता नामावली सङ्कलन सहज बनाउन आग्रह गरेकी थिइन् ।

आउँदो चुनावका लागि मतदाता नामावलीमा नाम सङ्कलन गर्न अब चार दिन बाँकी छ । चुनावबारेमा राजनीतिक दलहरू सशङ्कित भइरहेको बेलामा आयोगसँग प्रधानमन्त्रीले भेट गरेकी हुन् ।