जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएकाे छ । सभामुख मण्डलले पद अनुकूल आचारण नगरेको भन्दै असन्तुष्ट सात राजनीतिक दलले उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।
सात दलीय गठबन्धनले प्रदेश सभा सचिवालय पुगेर सभामुखविरुद्ध प्रस्ताव दर्ता गरेका हुन् ।
६४ प्रदेश सांसदको हस्ताक्षरसहित उनीहरूप्रदेश सभा सचिवालय पुग्दा एमाले कार्यकर्ताले अवरोध सिर्जना प्रयास गरेका थिए । तर, एमालेको अवरोध छिचोल्दै सात दलीय गठबन्धनले सभामुख मण्डलविरुद्ध प्रस्ताव दर्ता गराएका हुन् ।
उपसभामुखले तोक लगाइसकेको प्रस्ताव दर्ता गर्न सभामुखले रोकेका थिए । तर, कर्मचारीले अन्ततः दर्ता गरेका छन् । त्यही क्रममा त्यहाँ पुगेका प्रदेश सांसद र सभामुखसहित उनका कार्यकर्ताबीच झडप भएको थियाे ।


प्रतिक्रिया