आज सुनचाँदीको भाउ सामान्य घट्यो

आज सुनचाँदीको भाउ सामान्य घट्यो



काठमाडौं । आज सुनचाँदीको भाउ सामान्य घटेको छ ।

सुनको भाउ पाँच सय रुपैयाँले घटेर तोलाको दुई लाख ४९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको दुई लाख ५० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदी ६० रुपैयाँले घटेर तोलाको तीन हजार दुई सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तीन हजार तीन सय ४५ रुपैयाँ थियो ।