प्रगतिशील लोकतान्त्रिक पार्टी दर्ताका लागि पुग्यो आयोग

प्रगतिशील लोकतान्त्रिक पार्टी दर्ताका लागि पुग्यो आयोग



काठमाडौं । प्रगतिशील लोकताान्त्रिक पार्टी दर्ताका लागि निर्वाचन आयोग पुगेको छ ।

नेपाल समाजवादी पार्टी नयाँ शक्ति, प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टीको प्रमुख सचेतक पदबाट राजीनामा दिएका सन्तोष परियारबीच एकताको सहमतिपछि आयोग पुगेको हो ।

स्रोतका अनुसार, बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीलाई अद्यावधिक गर्ने गरी सहमति भएको छ । सहमतिपछि दर्ताका लागि आयोगमा निवेदन पुगेको हो ।

‘मङ्सिर ७ गते वृहत् एकता घोषणा कार्यक्रम गर्न सहमत भएका छौँ’, सहमति पत्रमा भनिएको छ । साथै उनीहरुले देश तथा विदेशमा बस्ने प्रगतिशील, लोकतान्त्रिक, वामपन्थी र देशभक्त शक्तिहरू र विशेष गरी जेनजी पुस्तालाई बृहत् राजनीतिक पुनर्संरचनाको अभियानमा सहभागी हुन आह्वान गरेका छन् ।

‘भ्रष्ट, अनैतिक र अहङ्कारी प्रवृत्तिहरूलाई निर्वाचनबाटै परास्त गर्न सम्पूर्ण नयाँ तथा वैकल्पिक शक्तिहरू र नवयुवाहरूलाई हातेमालो गर्न अपिल गर्दछौँ’, सहमतिपत्रमा भनिएको छ ।