काठमाडौं । उपल्लो डोल्पामा हिउँमा फसेका पाँच जना प्रहरीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । आज डोल्पोबुद्ध गाउँपालिकाको धोबाट देवदत्त पाण्डे, मणिराज जोशी, जनकबहादुर कार्की, नवराज भट्ट र नरेन्द्र भट्टको उद्धार गरिएको हो ।
उद्धार गरिएका पाँचै जना प्रहरी शे–फोक्सुन्डो गाउँपालिका–१ निजालगुम्बाको अस्थायी प्रहरी चौकीमा कार्यरत रहेका जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक रुकबहादुर खड्काले जानकारी दिए ।
नाम्दोबाट धो हुँदै दुनै पुग्ने भनेर हिँडेको झन्डै ३६ घण्टामा हिउँ र अत्यधिक चिसोले हिँड्न नसक्ने भएपछि उद्धार गरिएको हो । पाँचै जनालाई दुनै झारेर प्राथमिक उपचारपछि थप उपचारका लागि सुर्खेत पठाएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।


प्रतिक्रिया