काठमाडौं । देशको बाह्य क्षेत्रमा भएको कारोबार (चालु खाता) बचतमा देखिएको छ ।
नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा चालु खाता २ खर्ब ३७ अर्ब ५९ करोड बचतमा देखिएको छ । गत वर्ष यही समयमा १ खर्ब १५ अर्ब ३६ करोड मात्र बचत थियो ।
अमेरिकी डलरमा हेर्दा पनि चालु खाताको बचत ८६ करोड डलरबाट बढेर १ अर्ब ६९ करोड डलर पुगेको छ ।
यस अवधिमा खुद पुँजीगत ट्रान्सफर पनि बढेको छ । यस वर्ष ५ अर्ब ५५ करोड पुँजीगत ट्रान्सफर आएको छ, जुन गत वर्ष २ अर्ब मात्र थियो ।
तर, प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भने घटेको छ । यस वर्ष १ अर्ब ७४ करोड मात्र वैदेशिक लगानी आएको छ । जबकि गत वर्ष ४ अर्ब ८१ करोड आएको थियो ।
कुल रूपमा हेर्दा, देशको शोधनान्तर स्थिति पनि मजबुत देखिएको छ । समीक्षा अवधिमा शोधनान्तर २ खर्ब ६४ अर्ब ३ करोड बचतमा रहेको तथ्यांकमा उल्लेख छ ।
जुन गत वर्ष १ खर्ब ८४ अर्ब ९९ करोड थियो । डलरमा यो १ अर्ब ३८ करोडबाट बढेर १ अर्ब ८८ करोड पुगेको छ ।


प्रतिक्रिया