काठमाडौं । नेकपा एमालेको विघटित प्रतिनिधि सभाका सांसदहरूको बैठक बस्दैछ । संसद विघटनलाई ‘असंवैधानिक’ भन्दै यसको विरुद्धमा सर्वोच्च अदालत जाने निर्णय गरेको एमालेको बैठक आज दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो ।
सांसदहरूको बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था, संसद विघटनको वैधानिकता, आगामी रणनीति र समसामयिक विषयहरूमा गहन छलफल हुनेछ । बैठकले एमालेको आगामी दिशा तय गर्ने अपेक्षा गरिएको छ ।
एकातिर एमाले संसद पुनस्र्थापनाको पक्षमा उभिएको छ भने अर्कोतिर अन्य प्रमुख राजनीतिक दलहरू भने अन्तरिम सरकारले तोकेको आगामी फागुन २१ को निर्वाचनमा सहभागी हुने तयारीमा जुटेका छन् ।


प्रतिक्रिया