वर्तमान सरकारले मुलुकमा खुलेआम भ्रष्टाचारको काण्ड मच्चायो: ओली

वर्तमान सरकारले मुलुकमा खुलेआम भ्रष्टाचारको काण्ड मच्चायो: ओली


ग्लोब नेपाल
135
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले खुलेआम भ्रष्टाचारको काण्ड मच्याएको आरोप लगाएका छन् ।

मङ्गलवार पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टीका विघटित प्रतिनिधि सभाका सांसदहरूको बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष ओलीले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालको नाम नलिई विद्युत् खरिदको नाममा करोडौँ घोटाला गरेको विदेशी कम्पनीलाई कर छुट दिएर कमिसन खाने काम वर्तमान सरकारले गरेको भन्दै आपत्ति समेत जनाए ।

उनले आफू नेतृत्वको सरकारको पालामा केही भ्रष्टाचार भएपनि वर्तमान सरकारले जस्तो कुशासन र चरम भ्रष्टाचार नगरेको जिकिर समेत गरे ।

अध्यक्ष ओलीले भने ‘देश समृद्धिको मार्गमा अघि बढिरहेको थियो । यस्तो अवस्थामा अनावश्यक ढंगले न देशमा त्यस्तो चरम भ्रष्टाचार थियो । भ्रष्टाचार हुँदो हो । कुन भ्रष्टाचार कहाँ, कहाँ निरको भ्रष्टाचार रु कुन केस रु अहिलेका जस्ता खासै तोकिएका यति करोडका विद्युत् खरिदका विद्युत् विक्रीका अथवा विदेशी कम्पनीलाई कर छुटका यस्ता खुलेआम भ्रष्टाचारका काण्डहरू त देखिएका थिएनन् त रु अहिले जुन देखिएको छ । त्यो त देखिएको थिएन । यस्तो कुशासन पनि देखिएको थिएन । विकासहीनता, राजनीति, अन्योलग्रस्त, अराजक यस्तो त थिएन त ।’

अध्यक्ष ओलीले वर्तमान सरकारले मुलुकलाई विकासहीनता, अराजकता र अन्योलग्रस्त अवस्थामा पुर्याएको समेत बताए ।