गोरखा । चालू आर्थिक वर्षको साउनयता आठ हजार पाँच सय ४४ पर्यटकले गोरखाको मनास्लु क्षेत्र अवलोकन गरेका छन् ।
मनास्लु क्षेत्रमा गएको कात्तिकमा चार हजार दुई सय ४७ पर्यटक भित्रिएका मनास्लु संरक्षण क्षेत्र आयोजनाले जनाएको छ ।
आयोजनाका प्रमुख सन्तोष शेरचनका अनुसार असोजमा तीन हजार चार सय ४२, भदौमा सात सय ७९ र साउनमा ७६ जना पर्यटक मनास्लु क्षेत्र भ्रमण गर्न पुगेका थिए ।
यसअघि विदेशी पर्यटकको मात्र विवरण सङ्कलन गर्ने गरिएकोमा चालू आर्थिक वर्षदेखि नेपाली पर्यटकको विवरणसमेत राख्न शुरू गरेको उनले जानकारी दिए ।
गएको आर्थिक वर्ष २०८१/८२ मा मनास्लु क्षेत्रमा १२ हजार पाँच सय १२ जना पर्यटक भित्रिएकामा यो वर्ष त्यसभन्दा बढी पर्यटक पुग्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया