कांग्रेस सुधार्न ४० वर्षमुनिका १०१ नेताले बनाएको संयोजन समिति (सूचिसहित)

कांग्रेस सुधार्न ४० वर्षमुनिका १०१ नेताले बनाएको संयोजन समिति (सूचिसहित)


ग्लोब नेपाल
594
Shares

काठमाडौं। नेपाली कांग्रेसका ४० वर्षमुनिका युवा नेताहरूले पार्टी सुधारका लागि भन्दै केन्द्रीय संयोजन समिति गठन गरेका छन् । युवा नेताहरूले आज १०१ जनाको संयोजन समिति गठन गरेका हुन् । नेपाली काँग्रेसलाई नवयुवा पुस्तासँग जोड्‌दै पार्टीप्रति युवाहरूको आकर्षण बढाउनु नै आजको प्रमुख चुनौती भएको उनीहरूको बुझाइ छ ।

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘पटक पटक विभिन्न बहनामा केन्द्रीय समिति बैठक स्थगित गरिनु, सामूहिक निर्णय गरेर समयको पदचाप, माग अनुरूप पार्टी सुधार र रूपान्तरणको बाटोमा अग्रसर हुन नसक्नु दुःखद छ ।’

नेपाली काँग्रेसको समयसापेक्ष सुधारका लागि पार्टी भित्र पनि आन्तरिक सुशासन, पारदर्शिता, जबाफदेहिता, न्याय र निष्पक्षता कायम गर्न नीतिगत व्यवस्था गरी व्यवहारिक कार्यान्वयन गर्नुपर्ने अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली काँग्रेसको आमूल सुधार, रूपान्तरणका लागि पार्टीका हरेक तह र पार्टीको तर्फबाट सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचनमा ४० वर्षमुनिका ४० प्रतिशत युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न, भ्रष्टाचारको विरुद्धमा खबरदारी गर्दै सुशासन कायम गर्न, पार्टीको तर्फबाट हरेक निकायको निर्वाचनमा उम्मेदवार छनोट गर्दा प्राइमरी इलेक्सनको व्यवस्था गराउन र लोकतन्त्रको संरक्षण, संवर्द्धनका लागि खबरदारी, नयाँ बहस र पैरवी गर्नका लागि सुरुवाती चरणमा प्रतिनिधिमूलक रूपमा ४० वर्षमुनिका १०१ जना युवाहरूको नेपाली काँग्रेस सुधार अभियान केन्द्रीय संयोजन समिति गठन गरिएको छ ।’