काठमाडौं । म्यानमारमा आकर्षक रोजगारीको प्रलोभनमा पारी अवैध काममा लगाइएका ३७ जना नेपालीलाई थाइल्यान्डको नेपाली राजदूतावासले उद्धार गरी नेपाल फर्काएको छ ।
अनलाइन ठगी केन्द्रहरूमा छापा मार्ने क्रममा त्यहाँ अवैध कार्यमा लगाइएका ३७ जना नेपालीलाई उद्धार गरेर आजै नेपाल एअरलाइन्समार्फत नेपाल फर्काइएको दूतावासले जनाएको छ ।
यसैगरी म्यानमारको म्यावडीमा रहेका थप २३ जना, थाइल्यान्डको मेसोटमा रहेका २ जना र कम्बोडियाका ४ जना नेपालीलाई पनि यथाशीघ्र नेपाल फर्काउने प्रयास भइरहेको दूतावासले निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया