जेनजी अभियन्ता मिराज ढुंगानाको कार्यालयमा आक्रमण

जेनजी अभियन्ता मिराज ढुंगानाको कार्यालयमा आक्रमण


ग्लोब नेपाल
162
Shares

काठमाडौं । युवा पुस्ताका सशक्त आवाज र जेनजीका अभियन्ता मिराज ढुंगानाको कार्यालयमा बुधबार साँझ ६ बजे आक्रमण भएको छ । ढुंगानाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू र आफ्ना सहकर्मीहरूमाथि आक्रमण तथा हातपात भएको जानकारी दिएका हुन् ।

ढुंगानाले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, ‘हामी माथि हाम्रो अफिसमा साँझ ६ बजे आक्रमण भयो आज । हामी माथि र हाम्रो महिला साथीहरूमा पनि हातपात भयो । के गर्न खोज्नु भएको हो हामीलाई ?’

यद्यपि, ढुंगानाले आक्रमणकारीहरूको पहिचान वा आक्रमणको पछाडिको कारणबारे विस्तृत जानकारी दिएका छैनन् । यस घटनाले सामाजिक अभियन्ताहरूको सुरक्षा र उनीहरूले चलाइरहेका अभियानहरूमाथि चुनौती थपेको छ ।