जेनजी अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

जेनजी अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै


ग्लोब नेपाल
216
Shares

काठमाडौँ । जेनजी अगुवा र जिल्ला प्रशासन कार्यालय बाराबीच यहाँ वार्ता सुरु भएको छ ।

सशस्त्र प्रहरी रुद्रवाहिनी पथलैयामा जेनजी पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागितामा वार्ता सुरु भएको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले जानकारी दिए ।

बाराको सिमरामा बुधबार जेनजी र नेकपा (एमाले) कार्यकर्ताबीच विवाद भएपछि असामान्य अवस्था बनेको थियो । जेनजी युवाले प्रदर्शन जारी राखेपछि स्थानीय प्रशासनले दुई दिन कफ्र्यू लगाएको थियो । प्रदर्शन पक्षधरले आफूहरूलाई एमालेका नेता कार्यकर्ताले कुटपिट गरेको भन्दै संलग्नलाई पक्राउ गरी कारबाहीको माग गरिरहेको थिए । घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेपछि यहाँको अवस्था सामान्य बन्दै गएको छ ।