रुकुमपूर्व । एमाले रुकुमका नेता कैलाशकुमार मल्ल नवगठित नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । मल्ललाई शनिबार सो पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टी सदस्यता दिएर स्वागत गरेका हुन् । ०७९ को प्रतिनिधि सभा निर्वाचनमा एमालेबाट उम्मेदवार रहेका मल्ल तत्कालीन माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगरसँग पराजित भएका थिए ।
१२ हजार २६२ मतसहित घर्ती विजयी हुँदा मल्लले ५ हजार २ सय ११ मत प्राएका थिए । मल्लले एमाले गुटगत स्वार्थमा फसेका कारण निराश भएर आफू नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेको बताएका छन् ।


प्रतिक्रिया