किसान श्रेष्ठको घर पुगेर सुदनले भनेः ‘स्थानीय युवालाई नधम्काउनू’

किसान श्रेष्ठको घर पुगेर सुदनले भनेः ‘स्थानीय युवालाई नधम्काउनू’


ग्लोब नेपाल
162
Shares

काठमाडौँ । हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङ बारास्थित किसान श्रेष्ठको घर पुगेर स्थानीय युवालाई नधम्काउन आग्रह गरेका छन । पीडित युवालाई लिएर उनी शनिबार पूर्वमन्त्री श्रेष्ठको घर पुगेका थिए । तर श्रेष्ठ भने घरमा थिएनन् । आफूले सो घरमा रहेकाहरुलाई नधम्काउने सन्देश श्रेष्ठलाई पुर्‍याइदिन भनेको गुरुङले जानकारी गराएका छन् ।

श्रेष्ठको घरबाट बाहिरिएपछि सुदनले भने, ‘बारबार आएका थर्काउने गर्दो रहेछ । जेनजीहरुलाई यानतान गरेर यसोउसो गर्दो रहेछ । मेन्टल टर्चर दिन गएको रहेछ । त्यसकारण उहाँको घरमा यस्तो काम नगर्दिनुहोला भनेर रिक्वेस्ट गरेर उहाँका म्यासेन्जरहरुलाई पठाएको छु ।’

किसान श्रेष्ठसँग भने भेट नभएको उनले बताएका छन । स्थानीय युवासँग द्वन्द्वको वातावरण नबनोस् भन्नका लागि श्रेष्ठको घर पुगेको सुदनको भनाइ छ । ‘द्वन्द्वको वातावरण नबनोस् भनेर,’ किसान श्रेष्ठको घर जानुको कारणबारे सुदनले भने, ‘भाइको सुरक्षाका लागि नै हामी वार्ता गर्न गएका थियौं ।’

सुदनसँगै रहेका एक युवकले आफू प्रहरीकै सामुन्ने कुटिएको भन्दै आफूले असुरक्षित महसुस गरिरहेको बताएका थिए । प्रहरीमाथि नै आशंका गर्दै उनले भने, ‘सुरक्षाको अलिकति पनि महसुस भइराखेको छैन । मलाई पुलिस प्रशासनसँग पनि विश्वास छैन । पुलिस प्रशासनकै अगाडि मलाई चार–पाँच जनाले पिट्यो ।’